२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं १ का दुई उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको अग्रता

अ+ अ-

विराटनगर । प्रदेश नं १ को धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार पछिल्लो मत परिणामअनुसार धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका किशोर राई तीन हजार चार मतसहित अग्रस्थानमा छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हर्कराज राईले २ हजार १२० मत र नेकपा एमालेमा मञ्जु भण्डारी सुवेदीले दुई हजार १५ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा तीन हजार ३१९ र नेकपा एमालेका पदमप्रसद लिम्बूले दुई हजार ४६९ मत प्राप्त गरेका छन् ।

धरानका पाँच वडाको मत परिणाम सार्वजनिक

धरान उपमहानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका यज्ञमणि आचार्यले ७५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गरेका थिए ।

वडा नं २ दुईमा वडाध्यक्षमा नेकपा एमालेका रमेश राईले ७४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुधीरसिंह लिम्बूले ६२७ मत प्राप्त गरेका थिए ।

वडा नं ३ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विद्या शाक्यले एक हजार ८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए ।

वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर राईले ८२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर राईले ६१२ मत प्राप्त गरेका थिए ।

यस्तै वडा नं ७ मा वडाध्यक्षमा नेकपा एमालेका जीवनराज सुवेदीले ६७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवर्णमोहन पालिखे ५७२ मत प्राप्त गरेका थिए ।

यसैगरी इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका हेमकर्ण पौडेलले चार हजार १११ मत प्राप्त गरी अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार चुङ्गुवाङ सुब्बाले दुई हजार ५१२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

यस्तै, उपप्रमुख पदमा नेकपा एमालेका सङ्गीताकुमार चौधरीले दुई हजार ८९० र नेकपा (एकीकृत समाजवादी) का केशवकुमार विष्टले दुई हजार ५८० मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् ।

इटहरी उपमहानगरपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका रतन कार्कीले एक हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार राईले ९३५ मत प्राप्त गरेका थिए ।

वडा नं २० मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका मणिराम श्रेष्ठले दुई हजार ४०६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनकुमार राईले एक हजार ५५८ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस