गोरखा । अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद माओवादी केन्द्रले जितेको छ ।
अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन् ।
देवकोटाले ३ हजार ७८७ मत ल्याएका छन् भने उनका प्रत्याशी उम्मेदवार नेपाली काँग्रेसका गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी बनेकी भुजेलले ३ हजार ५३२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी उम्मेदवार इन्द्र गुरुङले ३ हजार ३६१ मत ल्याएकी छन् ।
पाँच वडा रहेको उक्त पालिकामा तीन वटा माओवादी केन्द्रले र बाँकी दुई वटा काँग्रेसले जितेको हो ।