काठमाडौँ । नेकपा एमालेले सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध मोर्चाबन्दीले नपुगेर धाँधली गरेको आरोप लगाएको छ ।
‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएका मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ,’ महासचिव शङ्कर पोखरेलले आज (आइतबार) विज्ञप्ति जारी गर्दै भनेका छन् ।
एमालेले पुनः मतदान र मतगणनाको लागि दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिई कार्यान्वयन गर्न पनि माग गरेको छ ।