२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकर्ताबिच झडप भएपछि काँग्रेस र माओवादीको संयुक्त अपिल

अ+ अ-

काठमाडौँ । दिनहुँ जसो झडप भइरहेको रुकुम पश्चिममा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन र संयमित रूपमा प्रस्तुत हुन नेताहरूले आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लामा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबिच झडपका खबर आइरहेका छन् ।

अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र जिल्लास्थित राजनैतिक दलहरूबिचको छलफलमा जिल्लामा शान्तिपूर्ण प्रतिस्पर्धा भएको आइतबार अबेर जारी संयुक्त अपिलमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका र नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश वलीले संयुक्तरुपमा जारी गरेको अपिलमा गठबन्धनको भावना पालना गर्न आग्रह गरेका छन् ।

‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रूपमा प्रस्तुत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोसाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरू भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न आ-आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन गर्ने सहमति भएको छ’ अपिलमा भनिएको छ।

सर्वदलीय बैठकमा भएको सहमति पालन गर्न समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस