२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँका मतदाता भन्छन् : घरघरमा पानी ल्याइदिनेलाई भोट

अ+ अ-

तनहुँ । यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् ।

मत माग्न आउने उम्मेदवारसँग पानीको चरम समस्या रहेकाले घरघरमा पानीको धारा जडान गरिदिने उम्मेदवारलाई भोट दिने योजना बनाइएको व्यास नगरपालिका–५ पतेनीका नवराज पौडेल बताउँछन् ।

सदरमुकामबाट करिब तीन किलोमिटर दूरीमा रहे पनि विकासमा पछि पारिनुका साथै खानेपानीको चरम समस्या रहेकाले माग सम्बोधन गर्ने उम्मेदवारलाई भोट दिने वडावासीको योजना रहेको उनले बताए ।

विसं ०६१ देखि खानेपानीको चर्को समस्या भोग्दै आएकाले जसले घरघरमा पानीको धारा जडान गरिदिन्छ उसैलाई भोट दिइने उनले बताए ।

उनका अनुसार सडकको अवस्था हेर्‍यो भने उस्तै नाजुक अवस्था छ । अर्कोतर्फ बिहान र बेलुकाको समयमा मुस्किलले दुईदेखि पाँच गाग्री पानी पाउन पनि मुस्किल भएको स्थानीयवासी बताउँछन् ।

सोही वडास्थित साँघे दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले टोल बस्तीमा खानेपानीको एकदमै समस्या रहेकोले हाम्रो समस्याको समाधान गरिदिने नेतालाई भोट दिएर जिताउने बताए ।

उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरालगायतका चार टोलका बासिन्दामा खानेपानीको हाहाकार नै रहेको छ । करिब बीस वर्षदेखि पानीको चरम समस्या खेप्दै आएको स्थानीय शान्ता परियारले बताइन्। पानी अभावका कारण ट्याङ्करबाट पानी किनेर जीविकोपार्जन गर्नुपर्ने समस्या स्थानीयवासीको छ ।

दुई हजार लिटर पानी रु तेह्र सयमा खरिद गरेर घरपरिवार चलाउँदै आएको स्थानीय जगदिश काफ्ले बताउँछन् । साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लज्जास्पद कुरा भएको स्थानीय एवं शिक्षिका अम्बिका बास्तोला बताउँछन् ।

त्यसैगरी व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जुन नेताले मादीनदी कटान क्षेत्रलाई संरक्षण गरी विकास गर्छन् उसैलाई भोट दिने योजना बनाएको बताए ।

अघिल्ला वर्षमा निर्वाचित जनप्रतिनिधिले हाम्रा समस्याप्रति सुनुवाइ नगरेकाले सक्षम र विकासप्रेमी नेतालाई भोट दिने विषयमा स्थानीयवासीबीच छलफल भएको उनले बताए ।

गत वर्ष मादी नदीमा आएको बाढीले त्यस क्षेत्रका करिब ६०० घरपरिवार जोखिममा रहे पनि जनप्रतिनिधि आएर आश्वासन दिनेभन्दा अन्य काम हुन नसकेको उनले बताए।

खानेपानी, मादी नदी कटान क्षेत्र संरक्षण, सडकलगायतका विकास निर्माणमा प्राथमिकता दिने नेतालाई भोट दिएर जिताउने अभियानमा पाटनवासी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस