२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोसपा चुनावी घोषणापत्र : विपन्न परिवारलाई छोरी विवाह गर्न २५ हजार रुपैयाँ दिने

अ+ अ-

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छोरीको विवाहमा आर्थिक सहयोग गर्नेदेखि छात्राहरूलाई साइकल वितरण गर्नेसम्मको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

लोसपाबाट अध्यक्षका उम्मेदवार विद्यानन्द चौधरीले आर्थिक रूपले विपन्न रहेका परिवारलाई छोरी विवाह गर्न समस्या हुने भएकोले आफूले जितेमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । यो रकम गाउँपालिकाको आन्तरिक कोषबाट दिइने उनले बताए ।

सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने, कक्षा ५ देखि माथि पढ्ने छात्रालाई अनिवार्य रूपमा आत्मरक्षा तालिमको व्यवस्था गराउने, पालिका मातहतका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको पढाए सञ्चालन गराउने चौधरीले प्रतिबद्धता जनाएका छन् ।

यस्तै, छिन्नमस्ता भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन विशेष पहल गर्ने, छिन्नमस्ता दर्शन गर्न आउनेका लागि सुविधा सम्पन्न धर्मशालाको निर्माण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक रूपले अशक्त व्यक्तिलाई घरमै कार्यालयको सेवा प्रवाह गराउने घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस