काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबिच तालमेल नहुने भएको छ ।
काँग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा काँग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने समझदारी भए पनि जिल्ला स्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो ।