२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा

अ+ अ-

कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आएका विश्व चर्चित टर्कीका अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आएका छन्।

उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गरे ।

कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिए ।

उनका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । दुईदिने पोखरा बसाइका क्रममा उनले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ ।

विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

उनले भने, ‘टर्की र मथ्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि यहाँको पर्यटन उकालो लाग्दै आएको अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौँ ।’

टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिफिल्म ‘अर्तुग्रुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गरेका छन् । सोही चलचित्रमार्फत उहाँ विश्वभर चर्चित भएका हुन् । सो चलचित्र विश्वका धेरै भाषामा अनुवाद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस