२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितले भने -‘स्वास्थ्यका कारण निवेदन दिएर फिर्ता भएको हुँ’

अ+ अ-

काठमाडौँ । बुढीगंगा नगरपालिका, बाजुराका निर्वाचन अधिकृत निरञ्जन स्थापितले स्वास्थ्य समस्याका कारण काज फिर्ता भएको बताएका छन् ।

काम नगर्ने र सम्पर्क विहीन भएका प्रमुख निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले फेरेको भन्ने समाचारमा आफू फेरिनुको कारण भिन्नै भएको तर समाचारमा अर्कै हुन आएको विषयमा उनले स्वास्थ्यका कारण निवेदन दिएर नै फिर्ता भएको प्रस्ट्याएका हुन् ।

सम्बन्धित समाचार : जिम्मेवारी पूरा नगरेको आरोपमा तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

प्रशासनलाई प्राप्त पत्र अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत स्थापितले ढाडको समस्याका कारण जनाउँदै प्रमुख निर्वाचन आयुक्तलाई आफ्नो समस्याबारे निवेदन पठाएका छन् ।

आफूलाई पहिलेदेखि नै मस्तिष्क ज्वरो भएको अवस्थामा मेरुदण्डबाट पानी(पिप) निकालेकोमा पछिल्लो केही दिनदेखि ढाड दुख्ने, टाउको दुख्ने भई एकै स्थानमा लामो समय बस्न नसक्ने अवस्थामा भएको उल्लेख गरेका छन् ।

हालको स्वास्थ्य अवस्थामा निर्वाचनको जिम्मेवारी पूर्णरुपमा सम्पन्न गर्न नसकिने र थप उपचारको लागि काठमाडौँ जानु पर्ने भएकोले निर्वाचन अधिकृत परिवर्तन वा अन्य विकल्पमा आवश्यक निर्णय निर्देशनको लागि सादर अनुरोध छु प्रमुख आयुक्तलाई वैशाख १५ गते पठाएको निवेदनमा भनिएको छ ।

आयोगले निवेदन दिएको भोलिपल्ट अर्थात् वैशाख १६ गते एक निर्णय गर्दै १८ गतेदेखि लागू हुने गरी कार्यरत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा नै काम फिर्ता गरेको पत्र स्थापितलाई पठाएको थियो । सोही अनुसार बाजुराबाट काठमाडौँका लागि फर्किँदै गर्दा अहिले धनगढी पुगेको र सोमबारको फ्लाइटमा काठमाडौँ आउन लागेको स्थापितले बताए ।

जिम्मेवारी पूरा नगरेको आरोपमा तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए भन्ने समाचारमा निर्वाचन आयोग स्रोतले जानकारी दिँदा एउटा गाउँपालिका हुनुपर्नेमा अर्कै गाउँपालिका बताउँदा नगरपालिका र निर्वाचन अधिकृतको नाम फरक पर्न गएको फेला परेको छ ।

फिर्ता गर्ने र कारबाही गरिएकाहरूको सूची भन्दा खेरी केही फरक परेकोले फिर्ता गरेकोलाई कारबाही भएको भन्ने पर्न गएछ, स्रोतले भन्यो स्थापितको हकमा कारबाही गरेको नभई स्वास्थ्यका कारणले उहाँकै निवेदन अनुसार काज फिर्ता गरिएको हो ।

समय तालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको भनिएकामध्ये तिलागुफा नगरपालिकाका निर्वाचन अधिकृत मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको र उनलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएकोसमेत आयोग स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस