२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले कमिसनको लोभमा अर्बौँको स्वास्थ्य सामग्री खरिद गर्दै छ : अध्यक्ष ओली

अ+ अ-

मकवानपुर । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय सरकार कमिसनको लोभमा अर्बौँ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।

मे दिवसको सन्दर्भ पारेर आज (आइतबार) हेटौँडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए ।

‘अर्बौँको औषधि, सिटी स्क्यान, एक्स-रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’

उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख भ्याक्सिन निल्यो । अब अर्बौँको औषधि खरिद हुँदै छ’उनले भने ।

उनले सत्तारुढ गठबन्धन विकास गर्न नभएर सरकार देशलाई कङ्गाल पार्न जन्मिएको आरोप लगाए । ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन,’ ओलीले भने ।

सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको उनले बताए । ‘सरकार अझै पनि चुनाव बिथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदै छ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ ।’

उनले संविधानअनुसार दुई महिना अगाडि फागुनमा चुनाव हुनुपर्ने बताए । ‘गठबन्धन संविधानको पालना गर्ने सरकार भए फागुनमै चुनाव हुन्थ्यो,’ उनले थपे ।

उनले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर बढाएको विषयमा समेत व्यङ्ग्य गरे । ‘हेटौँडाभर मन्त्रालय नै मन्त्रालय र मन्त्री नै मन्त्री देखियो । यता, हेर्‍यो झन्डा उता हेर्‍यो झन्डा,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस