१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमिकका समस्याको दीर्घकालीन समाधान सबैको साझा दायित्व

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका समस्याको दीर्घकालीन समाधान सम्पूर्ण राजनीतिक दलको साझा दायित्व भएको बताएका छन् ।

१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले आज आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा ध्यान दिन स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।

‘भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास स्थानीय तहका प्रमुखका साझा दायित्व हुन्’, उनले भने । समुन्नत नेपाल निर्माणमा श्रमिक वर्गको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले श्रमिकका योगदानलाई राज्यले उच्च मूल्याङ्कन गरिनुपर्ने बताए ।

महामन्त्री शर्माले मुलुकको सबल अर्थतन्त्र निर्माण गर्न वैदेशिक रोजगारीमा गएका श्रमिकको महत्त्वपूर्ण योगदान रहेको भन्दै विदेशमा रहेका युवालाई फर्काएर स्वदेशमै रोजगारीका अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको उल्लेख गर्दै उनले मर्यादित र दिगो रोजगारी सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका युवा तथा महिलालाई सीपयुक्त तालिम दिएर स्वरोजगार बनाइने प्रतिबद्धता व्यक्त गरे ।

घरभित्रका कामलाई श्रमको मान्यता नदिने अवस्थाका अन्त्य गरिने उल्लेख गर्दै उनले श्रमको सम्मान गर्ने अवस्थाको सिर्जना गरिने बताए ।

ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने, मर्यादित काम, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइनुपर्नेमा जोड दिए।

श्रमिकसभा अगाडि श्रमिकहरुले भद्रकाली मन्दिरबाट पदयात्रा निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस