३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागी उम्मेदवारी दिनेहरू पार्टीको मूल प्रवाहमा फर्किनुस् : शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीबाट टिकट नपाएर स्वतन्त्र र बागी उम्मेदवारी दिएका नेता/कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्किन अपिल गरेका छन् ।

आज (बुधबार) विज्ञप्ति जारी गर्दै कोइरालाले स्थानीय चुनावको टिकट वितरणमा देशैभरिबाट असन्तुष्टि आइरहेको आफूले सुनेको पनि उल्लेख गरेका छन् ।

उनले लामो समयदेखि काम गरिआएका नेता/कार्यकर्ताले पार्टी छाड्नुपर्ने अवस्था आउनु दुखद् भएको पनि बताएका छन्।

‘अहिले म साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दै छु, टिकट वितरणलाई लिएर। जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन्,’ कोइरालाले भनेका छन्, ‘कैयौँ साथीहरु स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ। ती साथीहरुलाई काँग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु।’

उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने पनि सुनिएको बताएका छन्। उनले पार्टीभित्र न्यायका लागि सधैँ आफूहरू लड्ने बताए।

‘साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु। पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु,’ उनले भनेका छन्, ‘हामी काँग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौँ। तर पनि हामी लड्छौँ। र अन्तत: जित सत्य र न्यायको हुन्छ। हामी निराश हुने छैनौँ।’

यस्तो छ अपिल :

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उत्साह र उल्लासपूर्ण वातावरणमा देशभरि उम्मेदवारी दिने काम सम्पन्न भयो ।

पाँच वर्षपछि आउने यो महायज्ञमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलन गाउँ घरमा पुग्दछ। हामी निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जबाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्छ ।

नेपाली काँग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरुको पङ्क्ति लामो थियो। अधिकांश योग्य र सक्षम पनि थिए । काँग्रेस देशको सबैभन्दा पुरानो र एक मात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज थिएन ।

टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।

अहिले म साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दै छु, टिकट वितरणलाई लिएर। जीवनभर काँग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ। ती साथीहरुलाई काँग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु । त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरु भोग्दै छन् ।

सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन् । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ ।

साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु । पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु । हामी काँग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौँ । तर पनि हामी लड्छौँ । र अन्ततस् जित सत्य र न्यायको हुन्छ । हामी निराश हुने छैनौँ ।

अहिले हामी सबै मिलेर निर्वाचनमा काँग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु परेको छ । स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुनेछ ।

काँग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु । निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छातिभित्र राखी काँग्रेसको विजयी अभियानमा होमिने छौँ । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु ।

काँग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचन पछि पार्टीभित्र भएका विकृति, विसङ्गति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिनेछ। सोहीअनुरुप पार्टी सुधारको प्रक्रियामा म साथीहरुसँग दृढताको साथ उभिने छु ।

अन्तमा काँग्रेस पार्टीको विभिन्न तहका साथीहरु, भातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन म जोडदार अपिल गर्दछु ।

जय नेपाल

शेखर कोइराला

प्रतिक्रिया दिनुहोस