काठमाडौँ । नेपाली काँग्रेसले डडेलधुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।
काँग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको हो ।
उनले अलग पार्टी नेपाली काँग्रेस बिपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेलधुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए । उनकै पहलमा त्यहाँ एमालेले ४ र काँग्रेस विपीले ३ पालिका पाएको छ ।
अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्या पधुरा गाउँपालिका काँग्रेस विपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजय मेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ ।