३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नै अदालतको आदेशबाट जन्मिएको पार्टी हो : नेपाली काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको दाबी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि काँग्रेसले जारी गरेको घोषणापत्रमा काँग्रेसले एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भएको व्याख्या गरेको हो ।

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान काँग्रेस सभापति देउवा नेतृत्वको सरकारलाई परमादेश सरकार भन्दै टिप्पणी गर्ने गरेका छन् ।

‘नेकपा एमालेका अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन व्यङ्ग्य र कटाक्ष गर्दै आउनुभएको छ । तर एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थानीय समिति सदस्य घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानुभएको थियो,’ काँग्रेसले भनेको छ, ‘एमाले स्वयं र नेकपा माओवादी केन्द्रसमेत अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् ।’

काँग्रेसले अघि सोधेको छ, ‘अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनुहोला ?’

ओलीले सर्वोच्च अदालतप्रति गर्दै आएका टिप्पणीलाई काँग्रेसले आलोचना गरेको छ । घोषणापत्रमा भनिएको छ, यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।

प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेशलाई लिएर ओलीले न्यायाधीशहरूको चर्को विरोध गर्दै आएका छन् ।

उनले सरकारलाई परमादेशी र न्यायाधीशहरूलाई सेटिङमा लागेको आरोप सार्वजनिक मञ्च र पार्टीका डकुमेन्टमा लगाउने गरेका छन् । त्यसलाई लिएर काँग्रेसले आलोचना गर्दै प्रश्न गरेको हो ।

काँग्रेसको घोषणापत्र महामन्त्री गगन थापाको नेतृत्वमा तयार भएको हो । उक्त घोषणापत्र प्रधानमन्त्री तथा पार्टी सभापति देउवासहित काँग्रेस पदाधिकारीहरूले सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस