२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबाट शनिबार सम्पन्न नेपालको तीन दिने औपचारिक भ्रमण र त्यस क्रममा भएका छलफलबारे जानकारी दिएका हुन् ।

नेपालमा बाल तथा स्त्रीरोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्र स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई डब्ल्युएचओको दक्षिणपूर्वी एसियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापनाका साथै नेपाली विज्ञहरूलाई अवसर एवं क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता महानिर्देशकले व्यक्त गरेको उनले बताए ।

‘महानिर्देशक टेड्रोसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चासो लिँदै अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास, उपकरण र प्रशिक्षणमा सहयोग गर्ने अभिलाषा प्रकट गर्नुभएको छ’, डब्ल्युएचओका प्रतिनिधिमण्डलसमक्ष नेपालले प्रस्तुत गरेका विषयलाई उनले सकारात्मकरुपमा लिएर तिनलाई कार्यान्वयन गर्न आवश्यक कार्ययोजनासहितको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी मन्त्री खतिवडाले भने ।

राष्ट्रिय खोप कार्यक्रम, आपत्कालीन तयारी र प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउन डब्ल्युएचओले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको उनले जानकारी दिए । नेपालको स्वास्थ्य क्षेत्रको विकासमा डब्ल्युएचओले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस