२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक फर्किए

अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयस तीन दिने औपचारिक भ्रमण सकेर फर्किएका छन् ।

उनी आज (शनिबार) बिहान जेनेभाका लागि फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उनको टोलीलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बिहीबार काठमाडौँ आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उनलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगको लागि धन्यवाद दिएका थिए ।

भेटमा महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए ।

टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरूद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

नेपालले छोटो समयमै बाल तथा मातृ मृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरे ।

पाटन माध्यमिक विद्यालयमा पुगेर उनले टाइफाइडविरूद्धको खोप अभियानको अवलोकन समेत गरेका थिए ।

उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र टेकु अस्पतालको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस