३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् ।

‘आम जनतालाई रैतीबाट सार्वभौम सम्पन्न जनता बनाउनका लागि काँग्रेसको भूमिका महत्त्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति काँग्रेसले मात्र गर्न सक्छ’, उनले भने । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधिलाई टिकट दिएर विजय गराउन सबै कार्यकर्तालाई आग्रह समेत गरे ।

नेता सिंहले संसद्मा झन्डै दुई तिहाइ जनमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनुहोस