२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई जहिल्यै मलको अभाव: मल नपाउँदा बाली बिग्रने चिन्ता

अ+ अ-

बलेवा । मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौँतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।

मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ । किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् ।

हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले मकै र धान बालीका लागि भने मलको खोजी गर्ने गरेका छन् । पहिलो गोडमेलको समयमा मकैको बिरुवामा प्रयोग गर्दै आएको रासायनिक मल किसानले बजारमा नपाएका हुन् ।

‘बजारमा पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्’, किसानहरु भन्छन्, ‘मल नपाउँदा मकै बाली बिग्रिन लागेको छ ।’ खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय बागलुङका अनुसार भदौ महिना यता डिएपी मल डिपोमा आएको छैन ।

‘हामीले मकै गोडमेल गर्ने बेला मल पाएनौँ, सधैँ ल्याउने सहकारीले यो पटक गाउँमा मल ल्याएको छैन’, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान गणेश पौडेलले भने, ‘यो पटक मल नराखी गोडमेल गर्नुपर्ने भो, मकै पसाउँछ कि पसाउँदैन थाहा छैन ।’

कर्पोरेसनले कृषि विज्ञको सल्लाहका आधारमा सिङ्गल सुपर फस्फेट मल भने वितरण गर्दै आएको छ । यो मलमा नेपाल सरकारको अनुदान छैन । ‘हामीले विकल्पका रुपमा सिङ्गल सुपर फस्फेट किसानलाई उपलब्ध गराइरहेका छौँ, यो मल तीन वटा फ्लेबरमा हुन्छ, सबै फ्लेबरको अभाव छैन, तर डिएपी आउन अझै एक महिना लाग्ने सूचना पाएको छु’, डिपो कार्यालयका प्रमुख मनोज श्रेष्ठले भने, ‘युरिया मल भने बेलैमा मौज्दात राखेकाले अहिलेलाई अभाव छैन तर किसानले मागेको जति पाएका छैनन् ।’

वैकल्पिकरुपमा प्रयोगमा ल्याइएको सिङ्गल सुपर फस्फेट डिएपीभन्दा सोही परिणामको उत्पादन लिनका लागि दोब्बर प्रयोग गर्नुपर्ने हुन्छ । ‘डिएपी एक मात्रा दिनुपर्ने ठाउँमा सिङ्गल सुपर फस्फेट दुई मात्रा दिनुपर्ने हुन्छ’, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भने, ‘प्रतिकिलो मूल्यमा सिङ्गल सुपर फस्फेट सस्तोमा पाइन्छ तर किसानको उत्पादन लागत बढ्ने हुन्छ ।’

डिएपीमा फस्फोरसको मात्रा ४६ प्रतिशत र सिङ्गल सुपर फस्फेटमा फस्फोरसको मात्रा १६ प्रतिशत मात्रै हुने भएकाले फस्फोरसको मात्रा बराबर गर्न दोब्बर प्रयोग गर्नुपर्ने उनको भनाइ छ । ‘मकैमा त्यति धेरै रासायनिक मलको आवश्यकता पर्दैन, घरायसी मल प्रशस्त प्रयोग गर्दा पनि हुन्छ’, प्रमुख भट्टराईले भने, ‘प्रयोग गरिरहेको ठाउँमा प्रयोग नगर्दा एक पटकका लागि उत्पादनमा कमी आउने हुन्छ ।’

बागलुङका अधिकांश पालिकाले मकै पकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् । उन्नत जातको मकै र मकैको बीउ उत्पादनको कार्यक्रमसमेत रहेको बागलुङमा रासायनिक मलको अभावले उत्पादनमा क्षति गर्ने कृषि प्राविधिक बताउँछन् ।

‘मलकै अभाव कहिलेसम्म झेल्नुपर्ने हो ?’ किसान गणेश पौडेलले भने, ‘आवश्यकताभन्दा न्यून कोटामा मल आउने भएकाले जहिले पनि हाहाकार हुने गरेको हो ।’ आवश्यकताभन्दा रासायनिक मलको आपूर्ति अत्यन्त न्यून हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । केन्द्रका प्रमुख भट्टराईले भने, ‘यो अभाव भइरहन्छ, रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलमा केन्द्रित हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस