२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा दुई दिनमा एक करोडको सामान बरामद

अ+ अ-

बनियानी । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ ।

प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो ।

प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठुलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठुलो बोरामा दुई बोरा, मोटरपार्टस् सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थित भद्रपुर रोडबाट पार्किङ गरेर राखिएको अवस्थामा डब्लुबी ७४ पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उक्त सामग्री बरामद भएको उनले बताए ।

फेला परेका दुवै गाडी र सामानको रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रहरीले मङ्गलबार राति अवैध सुपारीसहित पिकअप भ्यान नियन्त्रणमा लिएको छ । बुधबारेबाट काँकडभिट्टा हुँदै तिरिङखोलातर्फ जाँदै गरेको मे१च ४९८० नंको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा २९ बोरा सुपारी बरामद भएको थियो ।

भ्याट बिल नभएको रु पाँच लाख ७० हजार बराबरको सुपारी, पिकअप गाडीको रु १० लाख मूल्याङ्कन गरी आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको छ ।

यस्तै प्रहरी मङ्गलबार नै रु २० लाख बराबरको अवैध बिस्कुट र भारतीय कन्टेनरको रु २५ लाख मूल्याङ्कन गरेर मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस