रोल्पा । नेपाली काँग्रेसले रोल्पामा १० मध्ये ५ पालिकाको नेतृत्व माग गरेको छ ।
जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको भन्दै काँग्रेसले गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका हुन् ।
५ पालिकाको प्रमुख, ५ पालिकाको उपप्रमुख, ३६ वटा वडामा वडाध्यक्षसहित एक सदस्य र ३६ वटा वडामा ३ सदस्य पाए मात्र गठबन्धन गर्ने काँग्रेस जिल्ला सभापति किशोरकुमार आचार्यले बताएका छन् ।
