२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुर सिडिओ पाण्डेद्वारा मतदान केन्द्र निरीक्षण

अ+ अ-

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएका मतदान स्थान तथा केन्द्रको निरीक्षण गरेका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोलीले मतदान स्थल र केन्द्रहरूको निरीक्षण गरेको हो।

मकवानपुर जिल्लाभित्र १० वटा स्थानीय तहमा १६५ वटा मतदानस्थल र ३५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ । सुरक्षाका दृष्टिकोणले १६५ वटा मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील(सामान्य) रहेका छन् ।

जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको प्रजिअ पाण्डेले बताए ।

विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण भइसकेको र बाँकी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण भइरहेको पनि उनको भनाई छ ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीहरूको लागि सूचना समेत प्रकाशन गरी हातहतियार बुझ्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा १४७३ जना म्यादी प्रहरी छनौट गरी सोमबारबाट जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा तालिम प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ । यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थल तथा मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयारीको कार्य समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस