२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन्।

वैदेशिक रोजगार बोर्डको सचिवालयले हिजो (आइतबार) आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँगको अन्तरक्रियामा उनले अनिवार्यरूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताए ।

मन्त्री श्रेष्ठले सेवाग्राहीहरूलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक हुने भएकाले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकूल बनाइने बताए ।

अभिमुखीकरण तालीम प्रदायक संस्थाहरूलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने उनको भनाइ छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन विषयगत तालिमलाई पनि प्रभावकारी बनाउनुपर्ने सचिव अर्यालले बताए ।

मन्त्रालयका सल्लाहकार डा केशव बस्यालले पूर्व प्रस्थान अभिमुखीकरण तालिममा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानुन, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए । उनले पूर्व प्रस्थान अभिमुखीकरण तालिम अहिले प्रभावकारी हुन नसकेको बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गन्तव्य मुलुकसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी, विद्यमान कानुन, धर्म, संस्कृति, रीतिरिवाज साथै केही समस्या परेमा कानुनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाहरूको बारेमा जानकारी दिनुपर्ने बताए ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पूर्व प्रस्थान अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरी देशगत म्यानुअल तयार गरिएको बताए ।

अभिमुखीकरण प्रदान गर्ने संस्थाका प्रतिनिधिहरूले न्यून शुल्कमा गुणस्तरीय तालिम प्रदान गर्न कठिनाइ रहेको भन्दै आफूहरुको समस्या पनि सम्बोधन गरिनुपर्ने बताएका थिए ।

नेपाल सरकारबाट अनुमति प्राप्त अभिमुखीकरण तालीम प्रदायक संस्थाहरुवाट पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन हुँदै आएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली, २०६४ को उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रूपमा वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस