१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यादी खोलाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

अ+ अ-

लमजुङ । न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

निर्माण सम्पन्न गरेको करिब दुई महिना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन ।

मर्स्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए ।

आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।

प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ को भुलभुले–मर्स्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो ।

प्राधिकरणसँग सहमति भइसकेको अवस्थामा माथिल्लो मर्स्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ ।

सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अमात्यले बताए ।

आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले २२० केभीको प्रसारण लाइनमा जोड्न खुदी सवस्टेशनसम्म ६ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । च्याम्पाटाको १३२ केभीसम्म पुर्‍याउन थप तीन किलोमिटर प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको छ ।

निर्माणाधीन २२० केभीको प्रसारण लाइनको खुदी सवस्टेशनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजना तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो ।

पटक–पटक म्याद थपिएको उक्त आयोजनाको लागत रु ६ अबभन्दा बढी रहेको छ । आयोजनामा एभरेस्ट बैङ्कको अगुवाइमा पाँच बैङ्कले रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ ।

प्रतिक्रिया दिनुहोस