२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह

अ+ अ-

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् ।

शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिएका हुन् ।

तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतीक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

कोभिड–१९ को महामारीपछि बन्द भएर हाल सञ्चालन रहे पनि तातोपानीलगायत अन्य नाकाबाट आवतजावत सामान्य बन्न सकेको छैन ।

बैठकमा उनले दुई देशबीचको सम्बन्धलाई आजको स्तरमा ल्याउन सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्यसमेतको महत्त्वपूर्ण भूमिका रहेको र आगामी दिन उक्त सम्बन्ध अझ प्रगाढ तथा परिष्कृत बनाउन सङ्घीय संसद्ले कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।

सभामुख सापकोटाले आर्थिक विकास, सांस्कृतिक जागरण र प्रविधिको विकासबाट चीनमा समग्र राष्ट्रिय शक्तिको निर्माणमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै यो नेपालका लागिसमेत विकास र समृद्धिको मार्गदर्शक हुनसक्ने अपेक्षा गरे ।

उनले कोरोना महामारीको प्रभावकारी नियन्त्रण, रोकथाम र प्रतिकार्यमा चीनले गरेको सफलता विश्व समुदायका लागिसमेत उदाहरणीय रहेको बताए ।

सभामुख सापकोटाले नेपालमा कोरोना महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सुरुआतदेखि नै चीनले उपलब्ध गराएको सहयोग तथा चीन सरकारबाट प्रदान गरिएको खोपलगायत अन्य स्वास्थ्य सामग्रीको सहयोगका लागि चीन सरकारप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस