२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वसन्त आरोहण : बाइस आरोही समूहलाई अनुमति

अ+ अ-

काठमाडौँ । सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी भएको छ ।

यसमा सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् । अन्नपूर्ण (८०९१ मि) आरोहणका लागि चार, अमादब्लम (६८१४ मि) मा एक, ल्होत्से (८५१६ मि) मा एक, कञ्चनजङ्घा (८५८६ मि) मा एक, धौलागिरि (८१६७ मि) आरोहणका लागि एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।

त्यसै गरी मिलुङ्ग चुलीका लागि दुई, नुप्सेका लागि दुई, भेम्दोङ्ग, गङ्गापुर्न र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी कूल १५३ आरोही आरोहणमा निस्किएका हुन् । ती हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४ ५५० रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस