२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई यात्रुलाई उडानबारे समयमै सही जानकारी गराउन आयोगले गरायो ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी गराउन ध्यानाकर्षण गरेको छ ।

आयोगले आयोजना गरेको ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा आयोगकी उपसचिव मञ्जु खतिवडाले उडान नभएपछि समयमा नै यात्रुलाई जानकारी दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताइन् ।

अनुगमनका क्रममा हवाई कम्पनी यात्रुको सहज र सुरक्षित यात्राप्रति गम्भीर नभएको पाइएको उनले उल्लेख गरिन्।

अनुगमनका क्रममा आठ घण्टासम्म पनि उडान नभएको, विमान कम्पनीले समयमा सही सूचना नदिने गरेकोलगायत कारणले यात्रुले कठिनाइ भोग्नुपरेको, लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रुले विमानस्थल परिसरमा महँगो र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको पाइएको छ ।

आठ घण्टासम्म पनि हवाई उडान नभएपछि विमान सेवा कम्पनीले यात्रुलाई चिया खाजाको व्यवस्था नगरेको, साँझ भइसकेपछि उडान रद्द भएका खण्डमा यात्रुको सामान फिर्ता गर्ने गरिएको र यात्रुले आफ्नो व्यवस्थापन आफैँ गर्ने गरेको, विमान सेवा कम्पनीबाट केही बन्दोबस्त नहुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै उडान नहुने जानकारी समयमा नदिँदा यात्रु बेखर्ची भएर आफन्तकामा बस्नुपरेको र विमान कम्पनीले कुनै जिम्मेवारी लिने नगरिएको पाइएको छ ।

पहाडी भेगमा उडान भर्ने समिट एयरलाइन्सले यात्रुलाई बिहानै विमानस्थलमा बोलाउने, दिनभरि कुराउने तथा बिना जानकारी रद्द गर्ने जस्ता कार्य गरेको आयोगकी उपसचिव खतिवडाले जानकारी दिइन् ।

यस्तै विमान कम्पनीले आफूखुसी भाडा दर बढाउने गरेको पाइएको छ । आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले विमानस्थलमा यात्रुको मानवअधिकार रक्षा र उपभोक्ता अधिकारको प्रवर्द्धनका लागि सरोकारवाला पक्षसँग छलफल गर्दै सुझाव सङ्कलन भइरहेको बताए ।

आयोगका सदस्य मिहिर ठाकुरले हवाई क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक हंसराज पाण्डेले यात्रुको सुरक्षित उडान, भाडा दर तोक्नेलगायत उडान प्रक्रियालाई व्यवस्थापन गर्नका लागि ऐन र कानुन भए पनि उडान ढिला हुँदा यात्रुको सुरक्षा र अन्य व्यवस्थापन कसले गर्ने भन्ने स्पष्ट कानुन नभएको बताए ।

प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भूलले त्रिभुवन विमानस्थल प्रतिघण्टा एक हजार ३५० यात्रु आवागमन गर्न सक्ने क्षमताको बने पनि अहिले प्रतिघण्टा दुई हजार ५०० भन्दा बढी यात्रुले आवागमन गरेको र हवाईजहाजको सङ्ख्या पनि धेरै बढेकाले उडानका क्रममा हुने एयर ट्राफिक जामका कारण यात्रुलाई समस्या परेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको बताए ।

नेपाल एयरलाइन्सका नायव महाप्रबन्धक कर्णबहादुर थापाले यात्रुलाई सहज गर्न आफूहरुले हवाई उडानमा सुधार गरिरहेको बताए ।

बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र कर्णले भौगोलिक बनावट र मौसमका कारण हवाई उडान ढिला हुने गरेको बताए । उनले सबै प्रदेशलाई जोड्नका लागि प्रदेश मुकामबाट प्रदेश मुकाम हवाई उडान गरिएको जानकारी दिए ।

यती एयरलाइन्सका स्टेसन म्यानेजर फुरी तामाङले विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा उडान समयमा नहुँदा यात्रुलाई समस्या हुने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस