१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको डब्लुएचओको दाबी

अ+ अ-

न्यु योर्क । रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

राष्ट्रसङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो ।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ देखि निरन्तर सशस्त्र आक्रमण गर्दै आएको छ । स्वास्थ्य संस्थाहरू माथि आक्रमण गर्नु आधारभूत मानवअधिकार विरुद्धको अपराध र अन्तर्राष्ट्रिय युद्ध अपराध सरह हुने अधिकारवादीहरूले जनाएका छन् ।

रुसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु पनि भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

डब्लुएचओको प्रतिवेदन पढेपछि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘मानिसको स्वास्थ्यको अधिकारको रक्षा हुनु पर्दछ, स्वास्थ्य संस्था माथि जस्तो सुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइँदैन ।’

रुसले युक्रेन माथि आक्रमण गरेकोप्रति पश्चिमा देशहरु सहित विश्वभरका अधिकांश देशहरूले रुसको आलोचना गरेका छन् ।

अन्तर्राष्ट्रिय निकाय तथा मानवअधिकारवादी सङ्गठनहरूले पनि तत्काल आक्रमण रोकेर वार्ता मार्फत शान्ति कायम गर्न रुसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस