काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको छ ।
शनिवार (आज) नेपालका परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङको उपस्थितिमा आज सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबिच ९ बुँदे समझदारी भएको हो ।
समझदारीअघि परराष्ट्र मन्त्री स्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।