२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कफी निर्देशिका ल्याइँदै

अ+ अ-

काठमाडौँ । नेपालमा उत्पादित कफीको प्रशोधन स्वच्छ तथा गुणस्तरीय प्रमाणित गर्न ‘असल उत्पादन अभ्यासमा आधारित कफी प्रशोधन सम्बन्धी निर्देशिका’ बन्ने भएको छ ।

संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थसमेत मानिने कफीको उत्पादन, प्रशोधन र प्याकेजिङमा असल उत्पादन अभ्यासको आवश्यक मापदण्ड पुरा गर्दै स्वच्छता र गुणस्तरमा विश्वसनीय बनाई निर्यात प्रवर्द्धन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इयु टि.आइ.पि. र इन्टरनेशनल ट्रेड सेन्टर(आइटीसी)को प्राविधिक सहयोगमा निर्देशिका निर्माण गर्न लागिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा कफी उत्पादक सङ्घ, कफी व्यवसायी, कफी विज्ञ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य तथा गुण नियन्त्रण विभाग तथा चिया कफी विकास बोर्डका अधिकारीहरूले निर्देशिकाको आवश्यकता औँल्याएका छन् ।

नेपालमा कफीका पारखीहरू बढ्दै गर्दा विभिन्न स्वादमा उपलब्ध स्वदेशी तथा विदेशी कफीहरुमा नेपालको आफ्नो उत्पादनलाई विश्वासनीय बनाउन आवश्यक छ । हावापानीअनुसार स्वादमा पनि फरक पर्ने भएकोले फार्मको नामसहित प्रक्रियाअनुसार प्रशोधन गर्न सके मात्रै त्यसको विश्वसनीयता र गुणस्तरीयता कायम राख्न सकिन्छ ।

कार्यक्रममा कफी विज्ञ सचित न्यौपानेले अन्तराष्ट्रियस्तर र नेपालमा कफी प्रशोधनको अवस्थाबारे कार्यपत्र प्रस्तुति गरेका थिए । भूगोल तथा हावापानीका कारण नेपालको कफीको गुणस्तर उच्च रहेको बताउँदै नेपालको कफीले विश्वमा छुट्टै पहिचान बनाएको उनको भनाई थियो ।

कफी प्रशोधनका लागि आवश्यक मापदण्डहरू पुर्‍याउँदा विश्व बजारमा प्रतिस्पर्धात्मक रूपमा जान थप बल पुग्ने भएकोले त्यसका लागि निर्देशिका तयार गरिन लागेको उनले जानकारी गराए ।

नेपाल कफी उत्पादक सङ्घका अध्यक्ष ओमनाथ अधिकारीले कफी निर्देशिका आउन लागेको खबरले आफू खुसी भएको बताए । उनले निर्देशिका निर्माणमा निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले कतिपय उत्पादकहरूले ठुलो परिमाणमा नेपाली कफी निर्यात गरिरहेको र देशभर कफी उत्पादन बढ्दै गएकोले व्यवसायीक बढोत्तरीका लागि निर्देशिकाले कृषक, व्यवसायी र उपभोक्ता सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । साथै निर्देशिकाको कार्यान्वयन पक्षमा ध्यान दिन सम्बन्धित निकायलाई उनको आग्रह थियो ।

नेपालमा आ–आफ्नै तरिकाले खेती र प्रशोधन विधिबाट कफी उत्पादन हुँदै आएको हुँदा कफीको गुणस्तरमा एकरुपकता कायम गर्दै निर्यात प्रवर्द्धन गर्न निर्देशिका आवश्यक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले बताइन् ।

विश्व बजारमा छुट्टै पहिचानसहित ठुलो परिमाणमा नेपाली कफी निर्यात भइरहेको र देशभर कफी उत्पादन बढ्दै गएकोले व्यवसायीक बढोत्तरीकालागि निर्देशिकाले कृषक, व्यवसायी र उपभोक्ता सबैलाई फाइदा पुग्ने उनको भनाई छ ।

महानिर्देशक डा. वैद्यले फिल्ड अध्ययनसहित कफी भ्याल्यु चेनका कृषक, सहकारी, उद्यमी तथा व्यवसायीलगायत सबै सरोकारवालाहरूसँग विभिन्न चरणको छलफल पछि निर्देशिकालाई स्वीकृतिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेस गर्ने बताइन् ।

नेपालमा कफी
नेपालसहित करिब ८० वटा देशमा उत्पादन हुने महत्त्वपूर्ण र मूल्यवान् कृषि वस्तु कफी नेपालमा सबैभन्दा पहिला गुल्मीमा सुरु भएको मानिन्छ । यसको व्यावसायिक खेती भने १९९० मा पाल्पाबाट सुरु भएको भनिन्छ । नेपालमा उत्पादन भइरहेको कफी अरेबिका हो । जुन अर्ग्यानिक रूपमा उत्पादन गरिन्छ र स्पेसिलिटी कफीको आवश्यकता पुरा गर्दै आएको छ ।

स्पेशलिटी कफी एसोसिएसनको आवश्यकता अनुसार विभिन्न स्वादमा नेपाल कफीले उच्च अङ्क प्राप्त गर्दै आएको छ ।

ग्रिन कफी बिन उत्पादनको विश्व व्यापीऔसत उत्पादकता आठ सयदेखि एक हजार किलो प्रतिहेक्टर बिच रहेको भए पनि नेपालमा भने औसत उत्पादकत्व प्रति हेक्टर तीन सय किलो मात्रै छ, जुन निकै कम हो । तर कतिपय क्षेत्रमा भने ६०० किलो प्रतिहेक्टर पनि उत्पादन भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

उचित व्यवस्थापन गर्न सके तीन सयबाट ९०० सम्म पुर्‍याउन सकिने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस