काठमाडौँ । बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको छ ।
अब जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको २.५ अर्ब न्यूनतम चुक्ता पुँजी हुनुपर्ने समितिले जनाएको छ ।
बिमा कम्पनीले २०७९ चैत मसान्तसम्म तोकिएको पुँजी कायम गर्नुपर्ने छ ।
पुँजी पुर्याउन नसक्ने कम्पनीले बिमक गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ अनुसार मर्जरबाट पुर्याउनुपर्ने समितिले जनाएको छ ।