३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेखर कोइराला पक्षले बोलायो नेविसंघ र तरुण दलको भेला

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको डा. शेखर कोइराला पक्षले नेपाल विद्यार्थी सङ्घ र तरुण दलमा आबद्ध आफ्नो पक्षको भेला बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाएको हो ।

‘तीन दिनभित्र नेविसंघ र तरुण दलको संयुक्त रुपमा राष्ट्रिय भेला गर्ने भनिएको छ । अरु जोडिन आए भने ढोका खुला छ । मुख्यतः शेखर पक्षकै भेला हो’ नेता गुरुराज घिमिरेले जानकारी दिएका छन् ।

कार्यसम्पादन समितिले भ्रातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्त्याएको शेखर पक्षको आरोप छ । ‘नेताहरु बीचमा समझदारीबाट निर्णय हुनुपर्दछ । पार्टीभित्र एकाधिकार स्वेच्छाचारिता देखिनुभएन’ नेता घिमिरेले भने ।

नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा शेखर पक्षका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन् । देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस