२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज नाकाको राजस्व सङ्कलनमा उल्लेख्य सुधार

अ+ अ-

वीरगन्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य सुधार भएको छ ।

विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगन्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व सङ्कलनमा सुधार आएको हो ।

गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज भन्सार कार्यालयले रु ३४ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुनसम्ममा रु एक खर्ब चार अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३४ अर्ब पाँच करोड बढी अर्थात् रु एक खर्ब ३८ अर्ब ९४ करोड राजस्व सङ्कलन गरेको छ । यो समीक्षा अवधिको तुलनामा ३२.४६ प्रतिशतले बढी हो ।

वीरगन्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायतका इन्धन र जिप, कारलगायतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले समीक्षा अवधिको तुलनामा चालु आवमा सवारी साधन आयातबाट २१ प्रतिशत र इन्धनको आयातबाट ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको बताए ।

समीक्षा अवधिमा रु २२ अर्ब ८३ करोड मूल्यका विभिन्न सवारी साधन आयात हुँदा रु २५ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवमा रु २८ अर्ब १४ करोड मूल्यका सवारी साधन आयात हुँदा रु ३१ अर्ब तीन करोड राजस्व सङ्कलन भएको गुप्ताले जानकारी दिए ।

त्यसै गत आवमा रु ७० अर्ब ८२ करोड मूल्यको इन्धन आयात हुँदा रु ३९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब ३४ अर्ब ४८ करोड मूल्यको इन्धन आयात हुँदा रु ५४ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

बढ्दो ब्याजदर र सीमा क्षेत्रमा हुने विभिन्न वस्तुको अवैध ओसारपसारलाई सरकारले नियन्त्रण गरे वीरगन्ज नाकाको राजस्व सङ्कलनमा थप सुधार हुने उद्योगी व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस