२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अव्यवस्थित फोहोरका कारण हरिवनवासी आजित

अ+ अ-

सर्लाही । फोहर व्यवस्थापनमा हरिवन नगरपालिकाको आफूखुसी निर्णयले स्थानीयवासी आजित भएका छन् ।

नगरपालिकाले नगरभित्रका बजारबाट निस्केको फोहर व्यवस्थापन गर्न तयार पारेको ल्याण्डफिल साइटलाई प्रयोग नगरी नदी किनारमा लगेर फोहर फाल्दा हरिवनवासी आजित भएका हुन् ।

वडा नं ४ मा करिब ६५ बिघा जमिनमा ल्याण्डफिल साइट बनाउन नगरपालिकाले निर्णय गरे पनि कहिले मुक्तीयाको जङ्गलमा र कहिले चापिनी नदी किनारमा लगेर फोहर फाल्दा आफूहरुलाई समस्या भएको वडा नं ८ का राजकुमार उप्रेतीले बताए ।

नगरपालिकाले फोहरलाई डम्पिङ साइटमा नभई ल्याण्डफिल साइटमै लगेर व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरेको उनको गुनासो थियो ।

चापिनी नदी किनारमा फोहर डम्पिङ गर्ने र चार/पाँच दिनपछि मात्र आगो लगाउने गर्दा थुपारिएको फोहर कुकुर, स्याल, कागलगायत जनावरले आफ्नो घरसम्म पुर्‍याउने र हावाले पनि उडाएर ल्याउने गर्दा पनि नगरप्रमुख गणेशप्रसाद प्रसाईँले कुनै चासो नदिएको वडा नं ४ का अर्का स्थानीयवासी अक्कलबहादुर जिम्वाले पिडा पोखे ।

फोहरमा अस्पतालबाट निस्कने सिरिन्ज, मरेका पशु चौपायसमेत फाल्दा कुकुर, काग तथा स्यालले त्यसलाई आफ्नो घरसम्म ल्याएर दुर्गन्ध फैलाएको उनको भनाइ थियो।

आफूहरुले फोहरलाई व्यवस्थित तरिकाबाट व्यवस्थापन गर्न नगर प्रमुख प्रसाईँसँग आग्रह गर्दा उनले आफूहरुको नाम टिप्न लगाएर पछि प्रहरीमा निवेदन दिई पक्राउ गराउने प्रयाससमेत गरेको वडा नं ४ कै कान्छामान लोप्चनले बताए ।

सर्वदलीय र सर्वपक्षीय निर्णय गरी करिब ६५ बिघा जमिनमा रु १५ लाख खर्चेर तारबार गरी ल्याण्डफिल साइट तयार पारिए पनि सो क्षेत्रमा अहिले स्थानीयवासीले तरकारी खेती गर्ने स्थलको रुपमा प्रयोग गर्न थालेका छन् ।

फोहर फाल्दा त्यसको उचित व्यवस्थापन हुनुपर्ने भन्दै विरोध गरेपछि नगरपालिकाले गाउँबस्ती नजिकै चापिनी नदी किनारमा लगेर अव्यवस्थित रुपमा फोहर डम्पिङ गर्ने गरेको स्थानीयवासीको गुनासो थियो ।

त्यसैगरी २०७२ सालमै सर्वदलीय र सर्वपक्षीय छलफलबाट डम्पिङसाइटलाई ल्याण्डफिल साइटमा रुपान्तरण गर्ने भनी निर्णय गरेर हस्ताक्षरसमेत गरेर नगरपालिकालाई बुझाए पनि नगरपालिकाले वास्ता गर्नाको साटो केही व्यक्तिलाई तरकारी खेती गर्न ल्याण्डफिल साइटको जग्गा दिएको छ ।

युएनडिपी, हेमन्ती नेपाल, ग्रामीण स्वयंसेवक समाज र नगरपालिकाले २५ वर्षका लागि ल्याण्डफिल साइटको जग्गा स्थानीयलाई तरकारी खेती गर्न बाँडेको हो ।

सो क्षेत्रमा आफूहरुले फोहर व्यवस्थापन गर्न असहज भएका कारण अन्यत्र लगेर फोहर फाल्ने गरेको गर प्रमुख प्रसाईँले बताए । उनले नदी किनारमा लगेर फोहर फाल्दा पनि व्यवस्थापन गर्न नसकिएकाले चाँडै नै व्यवस्थापन गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस