२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिणाममुखी काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयद्वारा आज आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा सचिव डा वैकुण्ठ अर्यालले जतिसक्दो पर्याप्त समय लिएर योजना बनाउँदै प्रतिफल आउने गरी काम गर्न निकायका प्रमुखलाई निर्देशन दिए । ‘प्रस्ट योजना हुँदा हामीलाई पनि काम गर्न सजिलो हुन्छ, त्यसैले तपाईँहरूले सबैभन्दा धेरै समय योजना तयारीमै लगाउनुहोस्, योजना बनाउँदा समस्याको पहिचान गर्नुहोस्, अनि मात्रै कार्यक्रम अगाडि बढाउन सजिलो हुन्छ’, सचिव अर्यालले भने ।

बेरुजुसम्बन्धी विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई सेवा प्रवाहमा उपलब्धि हुने गरी सिर्जनात्मक सोचसहित प्रस्तुत गर्न अनुरोध गरे। कार्यक्रममा विभागीय प्रमुखले चालु आर्थिक वर्षमा भइरहेको कामको प्रगति विवरण र आगामी योजनाका बारेमा सो अवसरमा आआफ्नो प्रस्तुति राखेको थिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले ७५३ वटै स्थानीय तहमा राससको समाचारदाताको व्यवस्थापनको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न मन्त्रालयसँग आग्रह गरे । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले समावेशी कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट थप गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाललगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभागीय प्रमुखले कार्य प्रगति र योजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस