२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्धग्रस्त यमनमा खाना पकाउने ग्यासको अभाव

अ+ अ-

एडेन । यमनका विभिन्न क्षेत्रहरूमा खाना पकाउने ग्यासको अभाव गम्भीर समस्याका रूपमा देखिएको छ ।

युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौँ मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ ।

बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्याँसको अभावका कारण लामो लाइन देखिने गरेको छ । ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द भएका छन् ।

अधिकारीहरूले ग्यासको अभाव निरन्तर फैलिरहेको र अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त यमन सरकारको नियन्त्रणमा रहेका नयाँ क्षेत्रहरू समावेश भएको बताएका छन् ।

यमनको अस्थायी राजधानी एडेनको दक्षिणी बन्दरगाह सहरमा धेरै मानिसहरू आफ्नो खाना पकाउने ग्याँस सिलिन्डर भर्न दैनिक इन्धन पम्पहरूमा पर्खिरहेका देखिन्छन् ।

एडेनमा बसोबास गर्ने अहमद जलालले भने ‘हरेक पटक, मैले खाना पकाउने ग्याँस सिलिन्डर नभरेसम्म लाइनमा उभिएर धेरै घण्टा बिताउँथे र ग्यास मलाई चाहिने भन्दा धेरै कम पाएको छु ।’

जलालले दुखेसो पोख्दै भने, ‘मेरो परिवारलाई पुरै महिनाभरि खाना पकाउन कम्तीमा पनि चार वटा ग्यास सिलिन्डर चाहिन्छ । खाना पकाउने ग्यास अभावका कारण कोटा सीमित छ ।’

रुस–यूक्रेनबीच चलिरहेको युद्धको कारण स्थानीय बजारको उच्च माग पूरा गर्न ग्यासको उत्पादन पर्याप्त छैन, एडेनको स्थानीय प्राधिकरणका एक अधिकारीले आफ्नो परिचय नदिने सर्तमा भने ।

उनले थपे, ‘केही प्रान्तहरूले खाना पकाउने ग्यासको आपूर्ति कम मात्रामा आउँदा ग्यासको अभावमा थप समस्या भएको छ ।’

हुथी सैनिकको नियन्त्रणमा रहेका अन्य प्रान्तमा इन्धन र खाना पकाउने ग्यासको अभावले स्थानीय जनताको जीवनस्तरमा भयावह असर परेको छ र यसले यस क्षेत्रमा अर्को नयाँ सङ्कट सिर्जना गरेको छ ।

जारी इन्धनको अभाव झन् झनै बढ्दै गएपछि यमनको राजधानी सानामा सयौँ गाडीहरूले इन्धन भर्न लामो लाइन लागेर पर्खिरहेका दृष्यहरू सामाजिक सञ्जालमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस