२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएसएलको टाई सिट ड्र रद्द गर्न एन्फाको निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसएल) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बिच विवाद चुलिएको छ । एनएसएलले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको निर्देशन पालना नगर्दा यो विवाद उत्पन्न भएको हो ।

एन्फाले गत फागुन २० गते एनएसएलको अक्सन रोक्न एनएसएललाई पत्र पठाएको थियो । तर एनएसएल आयोजकले उक्त पत्रको बेवास्ता गर्दै अक्सन गरेका थिए । ए डिभिजन लिगका क्लबहरूले पनि एनएसएलमा खेलाडी अनुबन्धको विषयलाई लिएर प्रश्न उठाएका थिए ।

गत फागुन १५ मा ए डिभिजन लिगका ८ क्लबहरूले संयुक्त रूपमा विज्ञप्ति नै निकाल्दै खेलाडीहरूको दोहोरो सम्झौता रोक्न आग्रह गरेका थिए । तर चार क्लबहरू आफ्नो निर्णय प्रति पछि हटे पनि न्यूरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र सङ्कटा क्लबका प्रतिनिधिले एनएसएलले फिफा र एएफसीको नियम मिचेर खेलाडीको अक्सन गरेकोमा गत आइतबार पत्रकार सम्मेलन गर्दै असन्तुष्टि जनाए । चारै क्लबले फुटबलमा अहिले देखिएको विवाद समाधान गरेर अघि बढ्न एन्फालाई आग्रह गरेका थिए ।

क्लबहरूको आग्रहलाई मध्यनजर गर्दै एन्फाले आइतबारका लागि तय भएको एनएसएलको टाई सिट ड्र रद्द गर्न एनएसएललाई शुक्रबार पत्र पठाएको हो ।

‘चैत ४ गते बसेको एनएसएल प्रतियोगितासम्बन्धी कार्यदलको बैठकले बैठकको निर्णय अनुसार एनएसएल प्रतियोगिताको बारेमा शहीद स्मारक ए डिभिजन क्लब र एनएसएल प्रतियोगिता आयोजकसँग अझ छलफल गर्न आवश्यक भएकोले आइतबारका लागि राखिएको टाई सिट ड्र कार्यक्रम रद्द गर्न हुन जानकारी गराइन्छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मालाई लेखेको पत्रमा भनिएको छ । यसअघि एन्फाको निर्देशन नै लत्त्याएको एनएसएलले अब फेरि यो निर्देशनको पालना गर्छ या लत्त्याउँछ, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस