२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

अ+ अ-

परासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् ।

नवलपरासी –बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०÷१३२ केभी न्यु बुटवल सबस्टेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, ‘दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पुर्‍याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत् बर्खामा खेर जाने गरेको छ, यसका लागि अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्नुपर्ने अवस्था छ ।’

मन्त्री भुसालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गइरहेको र ऊर्जा सङ्कट समाधान गर्न विद्युतीय उपकरणको प्रयोगमा जोड दिएन् । न्यु बुटवल सबस्टेशनको निर्माणले अब झ्यापझ्याप विद्युत् जाने समस्या समाधान हुने र गुणस्तरीय विद्युत् उपभोगमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एसियाली विकास बैङ्कको ऋण सहयोगमा न्यु बुटवल सबस्टेशन निर्माण गरिएको बताए ।

अहिले सम्पन्न भएको १३२ र २२० केभीसम्मको संरचनाले पर्वतस्थित कुस्मा सबस्टेशन, चितवनस्थित भरतपुर सबस्टेशन, रुपन्देहीस्थित बुटवल सबस्टेशन र बर्दघाट सबस्टेशनसँग कनेक्टिभिटी प्रदान गर्ने उनले बताए ।

काली गण्डकी नदी र त्यस आसपासका नदीहरूबाट मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा उत्पादन हुने विद्युत्लाई कुस्मा सबस्टेशनमार्फत यस सबस्टेशनसम्म ल्याई अन्य जडित सबस्टेशनमा आपूर्ति हुने बताइएको छ ।

आगामी दिनमा यस न्यु बुटवल सबस्टेशन विस्तार गरी ३३ र ११ केभीका संरचना तयार गरी त्यसमार्फत यस क्षेत्रमा विकास हुँदै गरेका औद्योगिक ग्राहक तथा स्थानीय क्षेत्रका गार्हस्थ्य उपभोक्ताका लागि गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने योजना रहेकाले सोहीमार्फत स्थानीय विद्युत्को माग सम्बोधन हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

यस सबस्टेशनसँगै बन्ने ४०० केभीको संरचनाले अन्तर देशीय प्रसारण लाइनमार्फत नेपालको विद्युत् भारततर्फ निर्यात गर्ने बाटो खुल्ने न्यु बुटवल सबस्टेशन आयोजना प्रमुख विश्व रञ्जन मिश्रले जानकारी दिए ।

सन् २०१७ नोभेम्बरबाट निर्माण सुरु भएको यो सबस्टेशन एक अर्ब पाँच करोडमा निर्माण सम्पन्न भएको आयोजना प्रमुख मिश्रले बताए ।

नर्वेली राजदूत टोरुन ड्रम्डलले नेपालको अन्तर देशीय प्रसारण लाइन विकासका लागि नर्वेले सहयोग गरेको बताए । एडिबी नेपाल मिसनका प्रमुख रुडी भान डोयलले अन्तर देशीय प्रसारण लाइनको विकासबाट नेपाल विद्युत्मा आत्मनिर्भर भई निर्यात गर्न सफल हुने विश्वास गरेको बताए ।

प्रतिक्रिया दिनुहोस