२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसारभरि फेरि बढ्न थाल्यो कोरोना, दक्षिण कोरियामा थपिए एकै दिन चार लाख सङ्क्रमित

अ+ अ-

काठमाडौँ । कोरोनाभाइरसको सङ्क्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना सङ्क्रमण ह्वात्तै बढेको बताएको छ।

अघिल्लो साताको तुलनामा गत साता (मार्च ७–१३)मा संसारभर कोरोना सङ्क्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ सङ्क्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ।

सबैभन्दा बढी सङ्क्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ। प्रशान्त महासागर क्षेत्रका मुलुकहरूमा सङ्क्रमण दर २५ र मृत्युदर २७ प्रतिशतसम्मले बढेको छ। अफ्रिकामा १२ र युरोपका २ प्रतिशतले सङ्क्रमण बढेको छ।

अहिले सबैभन्दा धेरै सङ्क्रमित दक्षिण कोरियामा थपिइरहेका छन्। वर्ल्ड मिटरका अनुसार बिहीबार त्यहाँ चार लाख बढी मानिसमा सङ्क्रमण थपिएको छ भने १६४ जनाले ज्यान गुमाएका छन्।

युरोपेली मुलुक जर्मनीमा पनि बिहीबार पौने तीन लाख कोरोना सङ्क्रमित थपिएका छन्। फ्रान्समा दैनिक सङ्क्रमित १ लाख पुग्दा बेलायत, इटाली, नेदरल्यान्ड्समा पनि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिइरहेका छन्।

चीनमा पनि पछिल्लो समय सङ्क्रमित ह्वात्तै बढेका छन्। शून्य कोभिड नीति लिएको चीनले कोरोना बढेको व्यापारिक केन्द्र सेन्जेन र उत्तर पूर्वी सहर जिलिनमा कडा प्रतिबन्धहरू लगाएको छ। डब्लुएचओले फेरि बढेको कोरोनाले जटिल समस्या ल्याउन सक्ने भन्दै देशहरूलाई चनाखो हुन भनेको छ।

‘कतिपय देशहरूले परीक्षण नै कम गरेको बेला यति धेरै सङ्क्रमित थपिनुले ठुलै खतराको सङ्केत गरेका छन्’ डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्।

पछिल्लो समय संसारभर धेरै देशहरूमा प्रतिबन्धहरू फुकुवा गरिएको र जनजीवन सामान्य भएकालेओमिक्रोन भेरियन्ट र यसको सबलिनेज बिए २ का कारण सङ्क्रमण बढेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ। केही विज्ञहरूले युरोपमा फेरि कोरोनाको अर्को लहर आउने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस