न्युजिल्यान्डको सीमा अर्को महिनादेखि खुल्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्युजिल्यान्डको सीमा अर्को महिनादेखि खुल्ने


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । न्युजिल्यान्डले १३ अप्रिलदेखि अस्ट्रेलियन नागरिकलाई क्वारेनटाइन र आइसोलेसन बिना आफ्नो मुलुकमा प्रवेश दिने भएको छ ।

पूर्ण रूपमा खोप लगाएका ६० मुलुकका भिसामा छुट दिइएका पर्यटकहरू पनि मे २ देखि न्युजिल्यान्ड आउन पाउने छन् । यी मुलुकहरूमा संयुक्त अधिराज्य र अमेरिका पनि समावेश छन् । सबै आगन्तुकले कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।

महामारी विश्वव्यापी रूपमा फैलिएसँगै न्युजिल्यान्डले २०२० को मार्चमा आफ्नो सीमा बन्द गरेको थियो । अस्ट्रेलियाबाट छोटो अवधिका लागि आउने आगन्तुक बाहेक सबैलाई सीमा बन्द गरिएको थियो ।

हाल केवल न्यूजिल्यान्डका नागरिकलाई मात्रै आफ्नो मुलुकमा आउने र बाहिर जाने अनुमति दिइएको छ । न्युजिल्यान्ड विश्वलाई स्वागत गर्नका लागि तयार भएको प्रधान मन्त्री जासिन्डा आर्डनले बताएकी छन् ।

‘सिमाना पुनः खुला गर्ने कामको अर्को चरणलाई अगाडि बढाउन हामीले निर्देशिका प्राप्त गरेका छौ, हामी हाम्रा पर्यटकलाई फर्काउन चाहन्छौ,’ बुधवार उनले बताइन् ।

पहिले नै भिसा भएका तर भिसा छुटको सूचीमा नभएकाहरू मे १ देखि न्युजिल्यान्ड प्रवेश गर्न पाउने छन् । आफ्नो मुलुक प्रतिदिन एक हजार सङ्क्रमणबाट केही साताको अवधिमै बिस हजारमा पुगेको थियो । यस अवस्थाबाट गुज्रेका न्यूजिल्यान्डका जनताहरू अबको अवसर छोप्न चाहन्छन् ।

आर्डनले गत वर्षको अक्टोबरसम्म कोभिड समाप्त पार्ने नीति अवलम्बन गरेकी थिइन् । तर, हाल न्युजिल्यान्ड योग्य जनसङ्ख्याको ९५ प्रतिशत खोप लगाएको अवस्थामा छ ।

महामारी सुरु भएपछि यो मुलुकमा ११५ कोभिडका कारण मृत्यु भएको छ । कोभिडका बिरामीलाई केही आइसोलेसनको मापदण्डमा सहज बनाए बाहेक यो मुलुकले उच्च तहको प्रतिबन्धमा गएको थियो ।

यसमा ठुलो सङ्ख्यामा भेला हुन रोक लगाउनुका साथै मास्क अनिवार्य गरिएको थियो । खोप नलगाएका मानिसहरूलाई केही क्षेत्रमा काम गर्न दिइएको थिएन । यसले राजधानी वेलिङटनमा तीन सातासम्म विरोध प्रदर्शन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस