माल्दिभ्समा मास्क अनिवार्यरूपमा लगाउनु पर्ने प्रावधानको अन्त्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माल्दिभ्समा मास्क अनिवार्यरूपमा लगाउनु पर्ने प्रावधानको अन्त्य


१ चैत्र २०७८, मंगलबार


कोलम्बो । माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो ।

राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने दिशानिर्देशलाई संशोधन गरेको हो ।

सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठुला जमघट जस्ता अवस्थामा लगाउनु उचित हुने एचपीएले बताएको छ ।

अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा र कोभिड–१९ को सङ्क्रमण दर २० प्रतिशत रहेको क्षेत्रमा भने सावधानी स्वरूप मास्क अनिवार्य रूपमा लगाउनु पर्ने एचपीएले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस