युक्रेनमा रहेका चिनियाँहरुलाई स्वदेश फर्काइँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युक्रेनमा रहेका चिनियाँहरुलाई स्वदेश फर्काइँदै


३० फाल्गुन २०७८, सोमबार


बेइजिङ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहाजबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ ।

चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ८ः५० मा सो चीनको डालियान विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ ।

चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट १२ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइसकिएको छ ।

युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ ।

जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस