काठमाडौँ । साइबेरिया हिँडेका ६ जना नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ।
भिजिट भिसामा फ्लाई दुबईको जहाजबाट शनिवार बिहान साइबेरिया हिँडेका उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले जनाएको छ।
अध्यागमन कार्यालयका अनुसार लोकेश बुढा, माया कुमारी विक, पिल कुमारी बिक, तारा तिलिजा पुन, दिपेश पुन मगर र निर्माला क्षेत्री रहेका छन्। उनीहरूले आवश्यक कागजात पेस गर्न नसकेको अध्यागमन कार्यालयले जनाएको छ।
उनीहरूमध्ये केहीको भ्रमण उद्देश्य स्पष्ट नभएको र केहीको होटेल बुकिङसमेत नरहेको अध्यागमन कार्यालयले जनाएको छ।