१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसी नेपालको हितमा छ, भ्रमको पछि नलागौँ : नेता आचार्य

अ+ अ-

रसुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसीसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न काँग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका छन् ।

रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली काँग्रेसको बागमती प्रदेश (क) द्वारा आयोजित भेलामा उनले भने, ‘देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसीसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै छैन, यस्ता भ्रमको पछि नलागौँ ।’

नेकां नेता आचार्यले अब यो परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए । मुलुकमा विद्युत् तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पुर्‍याउने भएकाले यसका विरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे ।

रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद आचार्यले आफू समुन्नत रसुवा निर्माणका लागि अहोरात्र खट्ने प्रण पनि गरे । सोही कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी र जसपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने विभिन्न स्थानीय नेता तथा कार्यकर्तालाई आचार्यले स्वागत गरेका थिए।

सो कार्यक्रममा नेपाली काँग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ र सचिव लक्ष्मणप्रसाद देवकोटा, प्रदेशसभा क्षेत्र (क) का सभापति श्यामकुमार गुरुङ, बागमती प्रदेशसभाका सभासदद्वय प्रभात लामा र प्रेम तामाङ, नेका बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य लामाकार्पु तामाङ, उपेन्द्र लम्साल, शेषकुमारी अधिकारीलगायतका वक्ताले भूकम्प र त्यसपछिका समयमा जिल्लामा सांसद आचार्यले गरेको सहयोगको सराहना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस