साफ फुटबल च्याम्पियनसिप : नेपाली टोली भारततर्फ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साफ फुटबल च्याम्पियनसिप : नेपाली टोली भारततर्फ


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् । डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँग खेल्ने तय भएको छ । शीर्ष स्थान हासिल गर्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।

नेपाली टोलीमा प्रिती राई (कप्तान), सावित्री किशन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या इस्माली मगर, दिपा शाही र हिमा रावत छन् ।

त्यसैगरी टोलीका अन्य खेलाडीमा सरस्वती हमाल, सुनकला राई, अञ्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिष्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाइँ र गरिमा राई छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस