आफ्नै दम्भका कारण ओली सडकमा पछारिएका छन् : नेपाल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आफ्नै दम्भका कारण ओली सडकमा पछारिएका छन् : नेपाल


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सडकमा पछारिएको बताएका छन् । आफूहरू देशको अगुवाइ गरिरहेको दाबी गरेका छन् ।

धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पछारिन पुगे ? के गर्छस् मङ्गले आफ्नै ढङ्गले । केपी ओली आफ्नै कुबुद्धिले, आफ्नै ढङ्गले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौँ ।’

पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनतिर इमानदारिता देखाएको बताए ।

उनले भने, ‘यो गठबन्धन भताभुङ्ग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोसिस गरे, हाम्रो एकता तोड्न कोसिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ? तर शेरबहादुरजीले इमानदारिता राख्नुभयो । उहाँले भन्नुभयो–सङ्कटका बेला मिलेर अघि बढेका छौँ । यो सङ्कटका बेलाको मित्रतामा घात गर्न सक्दिन ।’

Tags :
प्रतिक्रिया दिनुहोस