नयाँ दिल्लीमा भएकाे आगलागीबाट सात जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नयाँ दिल्लीमा भएकाे आगलागीबाट सात जनाको मृत्यु


२८ फाल्गुन २०७८, शनिबार


नयाँ दिल्ली । नयाँ दिल्लीमा शनिवार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअनुसार शनिवार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकल्पुर भन्ने स्थानमा रहेका घर टहराहरूमा शनिवार बिहान अकस्मात् आगो लागेको थियो ।

सो आगोले कम्तीमा पनि सात जनाको ज्यान लिएको र अरू केही घाइते भएका अधिकारीहरूले जनाएका छन् । एक जना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घर टहरा रहेका र ती सबैलाई आगोले छोएको थियो ।

आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए । के कति कारणले आगो लागेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

त्यसै गरी यहाँ भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको तथा आगोबाट बचेका केही सरसामानहरू हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएको पनि समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस