युट्युबलाई नियन्त्रण गर्न होइन, व्यवस्थित गर्न खोजिएको हो : सञ्चारमन्त्री कार्की « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युट्युबलाई नियन्त्रण गर्न होइन, व्यवस्थित गर्न खोजिएको हो : सञ्चारमन्त्री कार्की


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई नियन्त्रण गर्न नभई व्यवस्थित गर्न नयाँ नियम ल्याइएको बताएका छन् ।

आज (शुक्रबार) मन्त्रिरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका हुन् ।

‘यसलाई नियन्त्रण गर्न होइन युवा नियमन र व्यवस्थित गर्नका निमित्त यो नियम कार्यान्वयन गर्छौँ,’ सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने, ‘यो नियम लागू भएपछि अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित र समृद्ध बनाउन सहयोग गर्ने छ ।’

युट्युब सञ्चालनका लागि तोकिएको शुल्कबारे भने छलफल गर्न तयार रहेको मन्त्री कार्कीले बताए। उनले भने, ‘पाँच लाख रकमबारे हामी छलफल गर्न सक्छौँ तर यो बाटोमा नगई हामी प्रेस जगतलाई सभ्य र मर्यादित बनाउन सक्दैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस