काठमाडौँ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ ।
अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ ।
त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ ।