मतपत्रमा हरियो रङ देख्नेबित्तिकै तर्सिने हो भने मतपरिणाम देखेपछि के होला : महामन्त्री शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतपत्रमा हरियो रङ देख्नेबित्तिकै तर्सिने हो भने मतपरिणाम देखेपछि के होला : महामन्त्री शर्मा


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मतपत्रको रङ देखेर नतर्सिन आग्रह गरेका छन् ।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय निर्वाचनमा चुनाव चिह्न हरियो रङको बनाउने निर्णय गरेको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई फाइदा हुने गरी चुनाव चिह्न हरियो बनाउन खोजेको भन्दै आयोगको आलोचना गरिरहेका छन् ।

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले ओलीलाई मतपत्रको रङ भन्दा आफ्नो ढंग सच्याउन सुझाव दिए । उनले भने, ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला ।’

मतपत्रको रङ कस्तो बनाउने भन्ने निर्णय निर्वाचन आयोगले स्वतन्त्र रुपमा गर्न सक्ने महामन्त्री शर्माले बताए ।

उनले भने, ‘निर्वाचन आयोगले मतपत्रको कुन रङ राख्ने भनेर निर्णय गर्नेसम्म स्वतन्त्रता राख्दैन ? उसले विवेक पुर्‍याएको मान्नुपर्दैन? उसले विगतमा भएका रातो, हरियो, कालो मध्ये कुनै एक रङ राख्दै गर्दा परम्परालाई उसले पालना गरेको होइन? यो विषयमा प्रवेश गर्नुभन्दा हामी राजनीतिक दल वहस गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस