काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।
ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।
उनले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल गरेको बताइएको छ । छलफल अगाडि बढेको र चाँडै उनले एमाले प्रवेश गर्ने पनि बताइएको छ ।